१३ फाल्गुन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आठ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार १२:४८


काठमाडौं । पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् ।

विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।

सोही क्रममा उहाँले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुशी लागेको छ ।’

यसको साथै, उहाँले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !