आठ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए
प्रकाशित मिति : 15 August, 2024 12:48 pm
काठमाडौं । पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् ।
विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।
सोही क्रममा उहाँले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुशी लागेको छ ।’
यसको साथै, उहाँले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताउनुभयाे ।

0
Shares












