१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल

प्रकाशित मिति :  15 August, 2024 7:11 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताउनुभएकाे छ ।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन् ।’

उहाँले खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्का छ त्यो गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !