२५ मंसिर २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आईसीसी लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

प्रकाशित मिति :  ३२ श्रावण २०८१, शुक्रबार ०८:३४


काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो ।

२३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो । सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाउनुभयाे ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए । अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाउनुभयाे । उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए ।

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुई/दुई विकेट लिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !