७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्ना अपराध लुकाउन पशुपतिको कोटीहोम स्थलबाट विजय भण्डारीको प्रधानमन्त्री विरुद्ध नाराबाजी

प्रकाशित मिति :  १ भाद्र २०८१, शनिबार ११:५६


काठमाडौं । पशुपतिमा कोटीहोम महायज्ञ लगाएको भेटीको विवरण सार्वजनिक नगरी महायज्ञ समापन गरेपछि प्रमुख आयोजक तथा सङ्कल्प कर्ता विजय भण्डारीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गर्न खोज्दा शुक्रबार रातभरि पशुपति क्षेत्र तनावग्रस्त बन्यो ।

एक महिनासम्म सञ्चालन भएको कोटीहोम सकिएपछि राति ९ः३० बजेतिर प्रहरी यज्ञस्थलमा प्रवेश गरेको थियो । प्रहरी कार्यक्रम स्थलमा प्रवेश गरेपछि भण्डारीका समर्थकहरूले प्रतिवाद गरेका थिए । सो क्रममा केही बेर ठेलाठेल चलेको थियो ।

भण्डारीलाई उहाँका समर्थकले घेरामा राखेका थिए । सो क्रममा भण्डारीले पशुपतिलाई रणभूमि बनाउन भन्दै उत्तेजक अभिव्यक्ति दिनुभएको थियो । उहाँले आज ११ बजेबाट पशुपतिबाटै आन्दोलन सुरु हुने चेतावनी दिनुभएको थियो ।

प्रहरीले पक्राउ गर्न खोज्दा भण्डारी निक्कै आत्तिनु भएको थियो । उहाँले पटक पटक पानी पिउनुभएको थियो भने सबैलाई फेसबुक लाइभ गर्न आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो कन्ट्याकका पत्रकारहरूलाई छिटो आएर लाइभ प्रसारण गर्न आग्रह गर्नुभएको थियो ।

प्रहरीले भण्डारीलाई सामान्य सोधपुछको लागि गौशाला लैजान लागेको जानकारी दिएको छ । तर यज्ञ सकिने बित्तिकै राति नै किन पक्राउ गर्न खोजियो भन्ने खुलेको छैन ।

विजय कृष्णमूर्तिजी महाराजको नामले परिचित भण्डारीको छवि विवादित छ । उहाँ यस अघि पनि पटक पटक ठगीको आरोपमा प्रहरी हिरासतमा पुगिसक्नु भएको छ । विगतमा मानिसलाई अमेरिका पठाइदिने भन्दै पैसा उठाएका भण्डारी विरुद्ध अदालतमा मुद्दा छ । सो मुद्दा दोषी ठहरिए भण्डारी जेल जानुहुने छ ।

धर्मको नाममा अपराध लुकाउन भण्डारीले राजनीतिक दलका नेताहरू खास गरी प्रधानमन्त्री केपी ओली विरुद्ध शुक्रबार रातभरि नाराबाजी गर्नुभयो । आफ्नो अपराध लुकाउन उहाँ र उहाँका समर्थकले भ्रष्ट सरकार राजीनामा दे भन्दै पशुपतिमा उत्तेजक नार लगाएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !