१६ चैत्र २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अर्थतन्त्र सुधारमा नेपाल सफल हुनै पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  17 August, 2024 11:58 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशेका बिग्रिएको अर्थतन्त्र सुधारको लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले अर्थतन्त्र सुधारको लागि अर्थ मन्त्री विष्णु पौडेल र उहाँको टिम योजनाबद्ध रूपमा लागेको उल्लेख गर्नुभएको छ । अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि कार्य योजना बनाएर काम सुरु गरेकोले त्यसेमा सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । ‘हाम्रा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री माननीय विष्णुप्रसाद पौडेल यसका लागि खट्नु भएको छ, अर्थतन्त्रको सुधारमा नेपाल सफल हुनै पर्छ, उहाँलाई सफलता मिलोस्’, ओलीले लेख्नु भएको छ ।

राजस्व सङ्कलन लक्ष्यको करिब साढे ६ प्रतिशत मात्र रहेको, पुँजीगत खर्च र वैदेशिक सहायता परिचालनको कमजोर अवस्थालाई ध्यान दिएर अर्थ मन्त्रालयले सरकारी वित्तको अवस्थामा सुधार गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन कार्यक्रम नै तोकेर सय दिनको कार्य योजना बनाएको ओलीले स्मरण गराउनुभएको छ । ‘कार्य योजनामा ३०वटा कार्यक्रम अघि सारिएको छ’, उहाँले लेख्नु भएको छ ।

मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय गस्ती टोली गठन गरी परिचालन गर्ने कुरा पनि कार्य योजनामा भएका उहाँले स्मरण गराउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !