१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन् : मन्त्री सिंह

प्रकाशित मिति :  १ भाद्र २०८१, शनिबार १२:११


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको खुशी पनि साटे । उहाँले क्षेत्रबासी सबैलाई बधाई दिनुभयाे ।

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।’

उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए । उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !