१३ फाल्गुन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्युत उपयोगमा कुनै कसर बाँकी राख्नु हुँदैन : मन्त्री खड्का

प्रकाशित मिति :  १ भाद्र २०८१, शनिबार १७:०६


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले विद्युत उत्पादन गर्दा जनताको टाउकोमा ऋण परेकाले विद्युत उपयोग गर्नुपर्ने बताउनुभएकाे छ ।

शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले विद्युत उत्पादन गर्दा राज्यको पनि खर्च भएकाले प्राधिकरणले विद्युत उपयोगमा कुनै कसर बाकीँ राख्न नहुने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सिंचाइको काम गर्दा हामीहरुले विद्युत पनि उत्पादन गरिरहेका छौं । रानीजमारामा आयोजनामा ४ दशमलव ७१ मेगावाट विद्युत उत्पादन भएको छ र प्रयोग पनि भैइरहेको छ । प्रयोग गर्ने संरचनाहरु नै छैनन् ,कसरी गर्ने,कता गर्ने ? अहिले भटाभट ३० वर्ष ३५ वर्ष प्राइभेट सेक्टरहरुलाई दिने त्यसपछि सरकारले लिने भन्ने कुरा हो । त्यो लिइसकेपछि त्यसको उपयोग कसरी हुन्छ त्यसको खाका बनेको छैन । विद्युत उत्पादन गर्दैगर्दा राज्यकै खर्च भएको,जनताको टाउकोमा ऋण भएर होस्, जनताको टाउको गनेर सहयोग गरेर होस्, आर्थिक सहयोग गरेर विद्युत उत्पादन सम्पन्न भएको छ । त्यसैले विद्युत प्राधिकरणले विद्युतको उपयोग गर्नैपर्छ ।’

साथै उहाँले केन्द्रीय सरकारी अस्पतालका लागि विद्युत महशुलमा ५० प्रतिशत छुट दिनुपर्ने बताए । उनले ५० प्रतिशत छुट दिए सरकारी अस्पतालमा झण्डै २४ घण्टा सेवा सूचारु गर्न सकिने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !