७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रक्षाबन्धन नेपालीबिच राष्ट्रिय एकता र सद्भाव बढाउने पर्व : सभामुख

प्रकाशित मिति :  ३ भाद्र २०८१, सोमबार ०८:२७


काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबिच राष्ट्रिय एकता र  सद्भाव बढाउन थप सहयोग पुग्ने बताउनुभएको छ ।

रक्षाबन्धनको अवसरमा शुभकामना व्यक्त गर्दै घिमिरेले रक्षा बन्धनले नेपालीबिच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । रक्षाबन्धन भाइ र बहिनीबिचको अटुट प्रेमलाई दर्साउने पवित्र पर्व समेत भएको उहाँले उल्लेख गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गदै घिमिरेले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको बताउनुभएको छ । ‘कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो’, उहाँको सन्देशमा लेखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !