७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सार्वजनिक निकायहरू नागरिकप्रति जबाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक : प्रधानमन्त्री

प्रकाशित मिति :  ३ भाद्र २०८१, सोमबार ०८:४९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थामा नागरिक सहभागिता बढाउन सकिने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेशका अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले यसबाट शासन व्यवस्थाले वैधता प्राप्त गर्ने बताउनुभएको छ । लोकतन्त्रको संस्थागत विकास तथा सुशासनका लागि राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने ओलीले उल्लेख गर्नुभएको छ । ‘जबाफदेहिता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ’, ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई सार्वजनिक सरोकारको कुनै पनि विषयका सूचना पाउने अधिकार स्थापित गरेको ओलीले उल्लेख गर्नुभएको छ । ‘सार्वजनिक निकायहरू नागरिकप्रति जबाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ’, ओलीले भन्नुभयो । ।

सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्त्वपूर्ण योगदान पुग्ने ओलीले बताउनुभएको छ ।सूचनाको हकको कार्यान्वयनका लागि सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न ओलीले आग्रह गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !