नेपाल प्रिमियर लिगको घोषणा : लोगो र खेल मिति सार्वजनिक
प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:३०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।
सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरे ।
१५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ ।
यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिग आयोजना गरेको भएपनि विवादित भएको थियो ।
आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।
0
Shares