३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कम्तिमा पनि नेपाली सेना त सहयोगमा नचलाउ

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार १३:०८


-प्रदिप तिमल्सिना-

काठमाडौँ । अमेरिकाले नेपाललाई जे दिएपनि त्यो कुरा लिने वा नलिने भन्ने कुरा नेपालको अन्तरीको कुरा हो । नेपालले लिन्न भन्न पनि पाउँछ र लिन्छु भन्न पनि पाउँछ । के कुरा लिँदा फाइदा हुन्छ र के कुरा लिँदा घाटा हुन्छ भन्ने कुरा नेपालले नै बुझ्नु पर्ने हुन्छ ।

अमेरिकाले नेपाललाई दिएको सबै चिज लिदै  जाने हो भने नेपाललाई भविष्यमा गम्भिर सङ्कट उत्पन्न हुन पनि सक्छ ।

त्यसैले भविष्यमा हुने गम्भिर सङ्कट टार्न पनि अमेरिका मात्र नभएर कुनै पनि राष्ट्रले दिएको सबै कुरा लिनु हुन्न भन्ने विदेशी मामिला सम्बन्धी लेखक सुन्दर कार्की  बताउनुहुन्छ ।

कार्की  भन्नुहुन्छ कुन क्षेत्रमा विदेशी पुँजी लगाउने र कुन क्षेत्रमा स्वदेशी पुँजी लगाउने भन्ने कुराको पहिचान गर्न नेपालले सक्नु पर्छ ।

हाल मात्रै अमेरिकाले नेपाललाई दुई एम–२८ स्काइट्रक र दुई बेल–४१२ हेली उपलव्ध गराउने सहमति गर्यो । उक्त हेली  दिने निर्णय अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा आएको अवसर पारेर भएको हो । हेली सँगै अमेरिकाले नेपाललाई संयुक्त तालिम दिने पनि निर्णय गर्यो अनि करोडौँ रकम पनि दिने निर्णय गरेको छ ।

सो हेली अमेरिकाले नेपाली सेनालाई दिएको हो । त्यो हेली नेपाली सेनाको कन्ट्रोलमा हुने छ ।

यसरी किन अमेरिकाले नेपाली सेनालाई हेली दियो यो कुरा भने रोचक हुन सक्छ ।

अमेरिकाले नेपाली सेनालाई पहिला देखिनै केही न केही कुरा दिएर सहयोग गर्दै आई रहेको छ ।

कहिले के सहयोग गर्ने कहिले के सहयोग गर्ने भनेर नेपाली सेनालाई अमेरिकाले सहयोग गर्दै आइरहेको छ । अहिले फेरि हेली कप्टर सहयोग गरेको छ ।

विभिन्न क्षेत्रमा सहयोगबाटै आफ्नो प्रभुत्व जोगाउदै आएको अमेरिकाले नेपालको महत्वपूर्ण क्षेत्रमा मात्रै सहयोग गर्छ ।

तर अमेरिकाले नेपाली सेनालाई भने जहिल्यै सहयोग गर्छ ।

अमेरिकाले नेपालको सरकारलाई पनि चलाउन चाहन्छ । सरकार चलेपनि नचले पनि अमेरिकाले नेपाली सेनालाई चलाएर नै छाड्को लागि सेनालाई भने सहयोग गर्छ गर्छ ।

नेपाली सेनालाई किन अमेरिका सहयोग गर्न अमेरिका मरिहत्य गर्छ  

नेपाली सेनालाई अमेरिका सहयोग गर्न किन मरिहत्य गर्छ भन्ने कुराको पुष्टि गर्न बङ्गलादेशको घटनालाई सम्झनु पर्छ ।

अहिले बङ्गलादेशमा सैनिक शासन चलेको छ । जब तत्कालिन प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएर बङ्गलादेश छोडेर भाग्नु भयो । तब बङ्गलादेशमा सैनिक शासन आयो । फेरी हसिनाले बंगलादेश छोडेर भाग्दै गर्दा पनि उहाँले बङ्गलादेशको सेनाको हेली प्रयोग गर्नु भएको थियो ।

सेनाको हेलीकप्टरको सहायताले बङ्गलादेश छोडेर भागेकी हसिनाको राज्य सेनालेनै क्याप्चर गर्यो ।

हसिनाको भनाई थियो अमेरिकाको कुरा नमान्दा मलाई यहाँ सम्म पुर्याइयो । तर अमेरिकाको लगानी बङ्गलादेशको सेनामा पनि थियो । अमेरिकाले बंगलदेसको सेनामा ठूलो लगानी रहदै आएको थियो ।

सैन्य सामाग्रीको नाममा अमेरिकाले बङ्गलादेशको सेनाको लागि ठूलो सहयोग गरेको थियो ।

सोही कारण हसिनाले अमेरिकाको कुरा नमान्दा विद्यार्थीलाई उचालेर पनि राज्य सेनाको हातमा पु्याएको धेरै जानकारहरू बताउँछन् ।

सके कुनै पनि देशको सरकारलाई नै चलाउने नसके सेनालाई चलाउने खालको बातावरण अमेरिकाले मिलाउन खोजेको पाईन्छ ।

नेपालमा पनि नेपाली राजनितिज्ञ सँग विरक्तिएका उचालेर भोलिको दिनमा अमेरिकाले नेपाली सेनालाई पनि उचल्ने हो की भन्ने कुरा पनि बाहिर आएको छ । भोलिको दिनमा आजको बङ्गलादेशको स्थितिमा नेपाल पुग्न सक्ने र त्यासको लागि आजको मितिबाट नै अमेरिकाले नेपालको सेनालाई हातमा लिन खोजेको हो की भन्ने पनि जानाकारहरु बताउँछन् ।

लेखक सुन्दर कार्की भन्नुहुन्छ–‘ हामी कुनै अस्पताल जान्छै कुनै देशको सहयोगमा बनेको भनेर लेखेको हुन्छ । कुनै राजमार्गबाट सवार गर्दौ त्यो पनि कुनै देशको सहयोगमा बनेको भनेर लेखिएको देख्छै । कुनै स्कुल जान्छै त्यहाँ पनि कुनै देशले सहयोग गरेको देख्न सक्छौ । हुदाँ हुदाँ कुनै पनि देशको सहयोग नेपालको सेना सम्म आउँछ भनेर सोचेको पनि थिइन । सेनात आफै देशको रुपैयाँ पैसालै नै चलेको राम्रो हो ’

उहाँले भन्नुभएको जस्तै बङ्गलादेशमा अहिले के भएको छ भनेर बुभ्न ग्राहो भएपनि अमेरिकाको कुरा नमान्दा मैले प्रधानमन्त्री र वंगलादेश छोडेर भाग्नु परेको कुरा हसिनाले भारतबाट भन्नुभएको थियो ।

जानाकारहरुका अनुसार अमेरिकाले बंगलदेसी सेनामा पनि व्यापक लगानी रहेको बताउँछन् ।

अहिले नेपालको अस्थिर राजनीति र अमेरिकाको नेपाली सेनालाई सहयोग पनि पुरै संकास्तमक रहेको जानाकारहरु बताउँछन् ।

अमेरिकाले अहिले मात्र नभएर धेरै पहिला देखिनै सेनालाई विभिन्न वहाना बनाएर सहयोग गरिरहेको जानाकारहरु बताउँछन् ।

उनीहरुका अनुसार संयुक्त तालिमको बहानामा त झन् अमेरिकाले नेपाली सेनालाई पुरै बुझ्ने अवसर पाएको र अमेरिकाले कुनै पनि बेला नेपाललाई अन्र्तघात गर्न सक्ने जानाकारहरु बताउँछन् ।

 

 


2k
Shares

प्रतिक्रिया दिनुहोस !