२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालीदास बाबाको घोषणा: नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु

प्रकाशित मिति :  20 August, 2024 1:34 pm


काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरु ले पशुपतिमा गएर चन्दन लगाउने र संसदमा गएर धर्मनिरपेक्षताको माग अस्वभाविक भएको बताउनुभएकाे छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरु आफूलाई भेट्न पशुपति कोटिहोममा गएर चन्दन लगाएको उल्लेख गर्नुभयाे । उहाँले  चन्दन लगाएर संसदमा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध  समेत गर्नुभएकाे छ ।
उहाँले भन्नुभयाे ‘पशुपतिमा धेरै नेता वा सांसदहरु आउनुभयो । मैले  उहाँहरुलाई भने यहाँ आएर चन्दन लगाएर संसदमा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’
उहाँले  अहिले नेपालमा बिभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताउनु भयाे  । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ ।
उहाँले भन्नुभयाे ,‘आज राष्ट्रमा बिभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरु धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिहेका छन् । मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन् ,गाई काट्न पाईँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुद् छ । जबसम्म नेताहरुले हिँदु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालिबाबा नेपाललाई छाड्ने छैन् ।’
उहाँले  आफुले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौदिक सनातन धर्म नै चाहिएको भन्दै यदी त्यो भएन भने शन्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !