एक सय रुपैयाँले घट्यो सुनको मूल्य
प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १४:१२

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ ।
सोमबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८ सय २० रूपैयाँमा कारोवार भैइरहेको छ ।
0
Shares