१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छ : मन्त्री सिंह

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार १४:१८


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभएकाे छ ।

मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताउनुभयाे ।

उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उहाँको भनाई थियो।

‘जसरी चलिरहेको छ त्यसैगरि चलाउँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,’ उहाँले भन्नुभयाे, ‘संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ ।’ अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उहाँले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताउनुभयाे ।

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उहाँले बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे। जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उहाँले भन्नुभयाे, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !