सखाप भयो झापामा माधव नेपालको पार्टी
प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार २०:५२
113
Shares
दमक । झापामा माधवकुमार नेपालको समाजवादी पार्टी सखाप भएको छ । समाजवादीका दुईजना प्रदेश कमिटि सदस्य र सात जना जिल्ला कमिटी सदस्य सहित दर्जनौं नेता कार्यकर्ताले सो पार्टी त्यागेका छन् ।
पार्टी त्यागेसँगै उनीहरु नेकपा एमाले प्रवेश गरेका छन् । माधवको पार्टीको अनेरास्ववियू दमक म्याम्पसको सम्पूर्ण कमिटी पनि एमाले प्रवेश गरेको छ । त्यसैगरी अखिल फोर्स दमक नगर कमिटी पनि माधवको पार्टी छाडेर एमाले प्रवेश गरेको छ । एमाले प्रवेश गर्नेमा प्रदेश कमिटी सदस्यद्धय राजेन्द्र दाहाल र मणि भण्डारी हुनुहुन्छ ।
त्यसैगरी दमक नगर कमिटीका पूर्व अध्यक्ष तथा वर्तमान जिल्ला कमिटी सदस्य महेश घिमिरे पनि एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्ने जिल्ला कमिटी सदस्यहरुमा शसीराज पौडेल, चन्द्रकला भण्डारी, तोया सापकोटा, हरिकृष्ण पौडेल, खगेन्द्र बाह्राकोटी, राम लुईंटेल र चन्द्रमणि अधिकारी हुनुहुन्छ ।
दमक नगर कमिटीका निवर्तमान अध्यक्ष तथा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रोशन भण्डारी पनि एमाले प्रवेश गर्नुभएको छ । अनेरास्ववियूकै अर्का सचिवालय सदस्य मदन गुरुङ पनि एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुको नाम निम्न छ ः उमेश चम्लागाईं, चन्द्रमणि थापा, सुदीप सागर भट्टराई, आयुष्मान पोखरेल, रतन चाम्लिङ राई, सागर ढकाल, जमुना लिम्बु, रेनुका दाहाल ढुंगाना सहित दर्जनौं हुनुहुन्छ ।
113
Shares