७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिक्षा मन्त्रीद्वारा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकको सुरक्षाको माग

प्रकाशित मिति :  ५ भाद्र २०८१, बुधबार १०:१३


काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ ।

केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उहाँले गृह मन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल एक्स मार्फत भट्टराईले उहाँहरूको सुरक्षा प्रबन्ध गर्न माग गर्नुभएको छ । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु’, उहाँले लेख्नु भएको छ ।

भट्टराईले आफूले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै यसो गरेको स्पष्ट पार्नुभएको छ । ‘सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन’ भट्टराईले स्पष्ट पार्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !