७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

प्रकाशित मिति :  ५ भाद्र २०८१, बुधबार १३:२७


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’

पहिचान भएका विषयमा धेरै छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताउनुभयाे ।

‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरिकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भिरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरि बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’


0
Shares

प्रतिक्रिया दिनुहोस !