७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले झापाको बैठक : मिसन २०८४ मा केन्द्रित कार्यविभाजन

प्रकाशित मिति :  ५ भाद्र २०८१, बुधबार १७:४४


काठमाडौं । नेकपा एमाले झापाको तेस्रो पूर्णबैठक सम्पन्न भएको छ ।

स्थायी कमिटी सदस्य कोसी  प्रदेश कमिटी इञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो ।

बैठकले पार्टीको मिसन २०८४ लाई केन्द्रित गरी जिल्ला पार्टीका नेताहरूको कर्यविभाजन गरेको छ । पार्टीले एक भरी गर्ने कामको वार्षिक कार्ययोजना पनि बनाएको छ । त्यसको लागि आवश्यक पर्ने बजेट समेत बैठकले बनाएको नेकपा एमाले झापाले जनाएको छ ।

नेकपा एमाले कोसी  प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थितिमा भएको बैठकले पार्टीका अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अबको पार्टीको लक्ष मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन निर्देशन दिनुभयो । उहाँले सिङ्गो पार्टी पङ्तीलाई एक जुट भएर २०८४ सालको निर्वाचनमा तीनवटै तहमा नेकपा एमालेलाई बहुमत सहितको पहिलो दल बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !