३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धानबालीमा झारपात नियन्त्रण गर्ने तरिका

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १२:३०


–– गौरव चालिसे––

काठमाडौं । धान नेपालको प्रमुख खाद्यन्न बाली हो । अहिले नेपालमा धानको गोडमेल गर्ने ठिक्क बेला भएको छ । धानको गोडमेल राम्रौ सँग नगर्नाले धानको उत्पादनै घट्छ । बारीमा धान रोपिन्छ तर धान बालिमा हामिले गोडमेल गर्नु पर्ने झार रोप्नु पर्दैन । नरोकीकनै आफै उम्रने भएकाले गर्दा झारलाई ननिम्त्याएको पाहुना पनि भनिन्छ ।

नेपालमा विभिन्न प्रकारको बारीमा धान खेती हुन्छ । कही आकाशे पानीको भरमा धान रोपिन्छ भने कहाँ गहिरो पानी जम्ने खेतमा धान रोपिन्छ । भने कही पानी लाग्ने हिलाम्मे खेतमा धान रोपिन्छ । तर तर धान जहाँ रोकेपनि झार भने उम्रन्छ । जुनसुकै खेतमा झार उम्रन्छ ।

झारपातले धानको उत्पादकत्वमा पाँच प्रतिशत देखि ९० प्रतिशत सम्म ह्रास ल्याउँछ । त्यसैले पनि धानबाट किसानले राम्रो उत्पादन लिनको लागि झारपातको पनि राम्रो व्यवस्था गर्न जरुरी रहन्छ । झर पात भनेको किराहरुको वासस्थान पनि हो । त्यसैले गर्दा पनि झार पात समयमै निकालेर फाल्नु पर्दछ । झार पातले सिचाई खर्चको साथ साथै ज्यामी खर्च पनि बढाउँछ

धानबारीमा आउने झारपात ठाँउ अनुसार फरक पर्न सक्छ तर नेपालको परिप्रेक्षमा भने विशेष गरि काने,भिरुङ्गी, गुलाबफल, भंगरिया,लाटोघाँस,भृंगराज,गन्धे, तेलियाँ, कूलफासाग, थुकभार, नकोरे, लाफ,कुसमिका, तेलिया,पिरे,जलपियाजि,जलकुम्भी,  करमलयाँ, कुरकुर,कांडै लुंडे, मोथे , दुबो, सावा,भिरुवा,घुण्डे, बन्सो, पटेर , कोडे घाँस , सुइरो जस्ता चौडा पात र साँघुरो पातका झारहरु धान बालिमा उम्रन्छन् । यी झारले धानबालिमा ठूलो परिणाममा नोक्सान पुर्याएको हुन्छ ।

यस्ता धानबारीमा उम्रने झारपात विभिन्न तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ ।

जस्तै

१ )हातले

२) यान्त्रिक

३) रासायनिक तरिका

केही वर्ष पहिले सम्म नेपालमा धानबालीको झारपात हातले निकाल्ने गरिन्थ्यो । हातले झारपात नेपालमा अहिले पनि निकाल्ने गरेको पाइन्छ

हातले धानबालीको झारपात झिक्दा रोपेको वा विउ छरेको २० दिनमा पहिलो चोटी र ४० दिन पछि दोश्रो पटक झारपात निकाल्नु पर्छ ।

यसै गरि हातको ठाँउमा यन्त्रको प्रायोग गर्ने हो भने यन्त्र अर्थात दाते, रोटरी विडर एंव देशी हलो झार पात व्यवस्थापन गर्नमा प्रयोग गरिन्छ । झार पात व्यवस्थापन गर्ने अर्को तसिरभनेको रासायनिक तरिका रासायनिक तरिका चाही किसानको धानबालीमा हेर्ने समय नहुनु ज्यामी नपाउँदा प्रयोग गर्न सकिने तरिका हो । रासायनिक प्रकृया हातले वा यन्त्रले गर्न समय नहुदा प्रयोग गर्ने गरिन्छ । रासायनिक प्रकृया अबल्म्वन गर्दा झार पात नाशक विषदी दुई प्रकारको प्रयोग गर्न सकिन्छ । जस्तै

१) भार पात उम्रनु भन्दा अगाडी प्रयोग गर्ने

२) उम्रेको झारपातलाई नियन्त्रण गर्ने बिउ छरेको वा रोपेको २५ दिन पछि प्रयोग गर्ने

यी दुई प्रकारको औषधी भिन्दा भिन्दै प्रकारको हुन्छन् ।

छरेको धानमा झारपात नियन्त्रण गर्न

१) ब्युटाक्लोर (मेचिटी ५० ई.सी )–यो औषधि एक देखि १.५ किलो यो औषधि( दुई देखि तीन लिटर ) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले बिउ छरेको तीन दिन पछि स्प्रे गर्दा झारपात नियन्त्रण हुन्छ र यसले बालिलाई पनि सपार्छ ।

२) क्लोरिम्युरोन ईथाईल : यो विषाधि धान छरेको ४ दिन देखि १० दिन पछि १२ ग्राम ६०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्दा चौडा एवं साँगुरो झारपातलाई नियन्त्रण गर्नुका साथै उत्पादनमा पनि बृद्धि ल्याउँछ । तर यो औषधी सकेसम्म प्रयोग नगरेको नै राम्रो हुन्छ । प्रयोग गनै पर्ने स्थिति आएमा पनि यो औषधीको एमदमै थोरै मात्रामा प्रयोग गर्नु पर्दछ ।

३)थायोवेनकार्व वा बेन्थियोकार्य (सेटर्न ५० ई. सी): बिउ छरेको ५–६ दिन पछि १.०–१.५ किलो ए.आई. (२.० देखि ३.० लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्दा चौडा एवं सांगुरो पात भएको झारपातलाई यो औषधीले पुरै नियन्त्रण गर्छ । ४. पेंडिमेथालिन (स्टोम्प ३० ई.सी.)ः यो औषधीको पैयोग गर्दा विउ उसनु भन्दा पहिले १.० किलो ए. आई. (३.३३३ ) लिटर ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्दा झारपातलाई नियन्त्रण गर्छ ।

५) प्रेटिलाक्लोर (रिफिट वा सोफिट ३० ई.सी ) :यो धेरै प्रभावकारी झारपात मार्ने विषादी हो । बिउ छरेको ३ दिन पछि १.० किलो ए.आई. (३.३३३ लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ ।

६. आक्साडायाजोन (रोनस्टार ५० ई.सौ.): यो विपादी ०.५–१.० किलो ए.आई. (१–२ लिटर। ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले प्रयोग गर्दा सबै प्रकारको झारपातहरुलाई नियन्त्रण गर्दछ । यसको स्प्रे धान रोपेको २–३ दिन भित्र गर्नु उपयुक्त हुन्छ ।

रोपेको धानमा झारपात व्यवस्थापनः

रोपेको धानमा धान रोपेको एक महिना देखि दुई महिनाको अवधि सम्म उक्त धानलाई झारपातबाट छुटकार दिलाउन सक्नुपर्छ । यसरी धानलाई झारपातबाट छुटकार दिलाउन सके धानको उत्पादन बृद्धि हुन्छ ।

यी विभिन्न आवाश्यक अनुसारको औषधीको प्रयोग गरेर रोपेको धानलाई झारपातबाट छुटकार दिलाउन सकिन्द्ध ।

१. व्युटाक्लोर ( मेचिटी ५० ई. सी.): धान रोपेको ३–४ दिन भित्र १–२ किलो ए.आई. (२–४ लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टर का दरले स्प्रे गर्दा झारपात राम्रो सँग नियन्त्रण हुन्छ ।

२)पेंडिमेथालिन (स्टोम्प३० ई.सी.): झारपात उम्रनु भन्दा अगाडि १ किलो ए.आई. (१.३३३ लिटर ७५०–९००) लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्नु पर्दछ ।

३) प्रेटिलाकलोर (रिफिट वा सोफिट ३० ई.सी.): ०.७५–१.० किलो ए.आई. (२.५ देखि ३.३३३ लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टर का दरले प्रयोग गर्दा झारपातहरुलाई राम्ररी नियन्त्रण गर्छ ।

४) थायोवेनकार्व वा बेन्थियोकार्व (सेटर्न ५० ई.सी.): यो धेरै प्रभावकारी एवं धेरै प्रयोग हुने झारपात नाशक विपादी हो । यसले चौडा एवं सांग्रो पात भएको झारपातलाई राम्ररी नियन्त्रण गर्छ । यस्को १.५ किलो ए.आई (३ लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्दा झारपातहरुलाई नियन्त्रण गर्दछ । यसको प्रयोग विउ रोपेको २–३ दिन पछि गर्नु उपयुक्त हुन्छ ।

५)आक्साडायाजोन (रोनस्टार ५० ई.सी.): यो विषादी ०.५–१.० किलो ए.आई. (१ देखि २ लिटर) ७५०–९०० लिटर पानीमा मिसाई प्रति हेक्टरको दर ले प्रयोग गर्दा सबै प्रकारको झारपातहरुलाई नियन्त्रण गर्दछ । यसको प्रयोग बिउ रोपेको २–३ दिन पछि गर्नु उपयुक्त हुन्छ ।

उम्रेको झारपातहरुलाई नियन्त्रण गर्ने बिषादीहरु यस्ता छन्

२,४–डी सोडियम साल्ट ८० डब्लु.पी.: धान रोपेको २५ दिन पछि १ ग्राम १ लिटर पानीमा मिलाई प्रयोग गर्दा धेरै जसो झारपातलाई राम्ररी नियन्त्रण गर्दछ । एक कठ्ठामा २५–३० लिटर पानी प्रयोग गर्नु पर्दछ । एक हेक्टरको लागी १२२५ ग्राम २,४–डी सोडियमसाल्ट ८० डब्लु.पी.को आवश्यकता हुन्छ ।

नोमिनी गोल्ड– यसको प्रयोग छरुवा धान, नर्सरी एवं रोपेको धानमा गरिन्छ । यसले मोथे एवं चौडापात भएको झारपातहरुलाई नियन्त्रण गर्दछ । २–४ पात भएको झारपातमा प्रगोग गर्दा राम्रो हुन्छ । झारपात उम्रेको १०–२० को भित्र यसको प्रयोग गर्न पर्दछ । झारपातको प्रकोप हेरी २००–३०० एम एल ४५० लिटर पानी प्रति हेक्टर आवश्यक हुन्छ । स्प्रे गरेको ६ घण्टा पछि पानी पर्दा पनि प्रभावकारी हुन्छ । विषादी प्रयोग गर्दा खेतमा चिस्यान हुनु पर्छ, पानी जमेको हुनु हुदैन । प्रयोग गरेको २–३ दिन पछि खेतमा एक हप्ता सम्म ३–५ से. मी. पानी लागेको हुनु पर्छ । यसले मोथे, झिरुवा, सावा एवं झार पातहरुलाई राम्ररी नियनत्रण गर्दछ ।

झारपात नाशक विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

– झारपातनाशक विषदी को प्रयोग गर्दा खेतबारीमा चिस्यान हुन आवाश्यक रहन्छ ।

– पानीको मात्रा एकदमै सन्तुतित तरिकाबाट गर्नु पर्दछ जस्तै एक हेक्टर (डेढ बिघा) को लागी ७५०–९०० पानी प्रयोग गर्नु पर्दछ । झारपात नाशक विषादी प्रयोग गर्ने समयमा धानको बोट भिजेको हुनु हुदैन । बढी हावा चलेको बखतमा झारपात नाशक विषादीको प्रयोग गर्नु हुदैन ।

– तरल झारपात नाशक विषादीहरु स्प्रे गर्दा सुक्खा मौसम वा घामलागेको

वेला तथा अपरान्ह २ बजे पछि छर्नु उपयुक्त हुन्छ ।

–झारपात नाशक विषादीको प्रयोग एउटै उंचाईबाट (५० से.मी) समान रुपले गर्नु पर्छ ।

झारपात नाशक विषादी छर्ने व्यक्तिको हाथ सुक्खा हुनु पर्छ । औषधी छरी सकेपछि साबुनले राम्ररी हातखुट्टा सफा गर्नु पर्छ । विषादी प्रयोग गर्दा एप्रोन, चस्मा, ग्लोब, मास्क, टोपी एवं गमबुट लगाएर छर्न पर्दछ ।

विषाधीको प्रयोग गर्दा किसानले एकदमै सुरक्षित तरिकाबाट प्रयोग गर्नु पर्दछ । विषधीको प्रयोग गर्दा प्रयोग कर्ताले बाहुले लुगा लगाएर मुखमा पुरै ढाकिने कपडा र आखामा चस्माको प्रयोग गरेर विषधी प्रयोग गर्नु पर्दछ ।

–– गौरव चालिसे कृषिका विद्यार्थी हुनुहुन्छ ।

 


27.3k
Shares

प्रतिक्रिया दिनुहोस !