७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचारको मुद्दामा रविले भने– नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १४:४३


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुँने बताउनुभएकाे छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुँने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरु आएका छन् , धेरैजसो युवाहरुले फोन गरेका छन् , उनीहरुको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’

साथै उहाँले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुँने बताए । उनले दलितहरुले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुँने स्पष्ट पार्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !