७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिमलतालमा भएको दुर्घटनामा वेपत्ताहरु जीवित भेटिने आशा छैन् : मन्त्री दाहाल

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १५:२९


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा वेपत्ता भएकाहरु जीवित नभएको बताउनुभएकाे छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले २८ असारमा भएको दुर्घटनामा परेर वेपत्ता भएकाहरु जीवित भेटिने आशा मरेको भन्दै शवको खोजि कार्य भने जारी रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘बाढि पहिरो तथा विभिन्न किसिसमका प्राकृतिक घट्नाहरुको कारणले गर्दा धेरै नेपाली जनताहरुले ज्यान गुमाउनु परेको छ कयौंै घाईते हुनुहुन्छ । कयौं वेपत्ता हुनुभएको छ । यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ । मुग्लिनमा दुर्घटना भएर बेपत्ताहरू र ज्यान गएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन् । यस्तो बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन् ।

लास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’

उहाँले मन्त्रालयमा फाइलहरु थन्कायाएर राखिएको भन्ने विषय सांसदहरुले उठाइरहेको भन्दै कुनै पनि फाईलहरु बिना कारण मन्त्रालयमा नरोकिने जानकारी गराउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !