३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डिडिसिले किसान ठग्दै, धनकुटार तेह्रथुमका किसान मारमा

प्रकाशित मिति :  ७ भाद्र २०८१, शुक्रबार ११:४०


काठमाडौँ । अहिले धनकुटा  र तेह्रथुमका किसानलाई डिडिसिले ठगेको पाइएको छ ।

डिडिसिले ठग्यो भन्दा धेरैलाई पत्यार पनि लाग्दैन होला । तर यो सत्य हो । पुष महिना देखिको बक्यौता रकम नदिएर डिडिसिले धनकुटा र तेह्रथुमको किसानलाई ठगेको पाइएको छ ।

डिडिसिकै कारण अहिले धनकुटा र तेह्रथुमका लगभग पाँच हजार किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।

हाम्रो जस्तो कृषि प्रदान देशमा सरकारी सस्था डिडिसिको नै नियतमा माथि प्रश्न उठ्न थालेपछि किसानहरु कृषि पेशबाट वन्चित हुनु परेको छ ।

अहिले मरिमेटेर गाई भैसी पालेर बेचेको दूधको रुपैयाँ पैसा ९ महिना देखि नपाएपछि किसानहरुले केही आन्दोन समेत गरेका थिए । दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाको तथ्याङ्क अनुसार गतवर्षको मंसिर देखि यस वर्षको असार मसान्त सम्म मात्रै डिडिसिले धनकुटा र तेह्रथुमका १७ वटा दुग्ध संचालक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार १ सय ७५ रुपैयाँ भुक्तानी दिन बाकी छ ।

सहकारी मार्फत आफ्नो दूध बेचेका अहिले हजारौं किसान अहिले मर्कामा परेका छन् ।

उनीहरूले पटक पटक आन्दोलन गर्दा समेत कुनै सुनवाई नभएको किसानहरूले बताएका छन् ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !