७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछाने ठग र भ्रष्टाचारी हुन भन्ने प्रमाणित गर्नसक्छु : मुकुल ढकाल

प्रकाशित मिति :  ७ भाद्र २०८१, शुक्रबार १२:३७


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिनुभएकाे छ ।

जवाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गर्नुभएकाे छ  । साथै ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ -, ‘रवि लामिछाने तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्नसक्छु । कारवाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ । पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’
साथै सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन् । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ ।
‘राहदानी दुरुपयोगमा तपाईंले कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेता गणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ । म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’  उहाँले भन्नुभएकाे छ ।
सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उहाँले आराेप लगाउनु भएकाे छ । प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताउनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !