महिला वालवालिकामन्त्री कोलम्विया र आयोग उपाध्यक्ष उज्वेकिस्तान जाने

काठमाडौं । नेपाल सरकारले बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्व मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार भदौं ६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी गराएका हुन् ।
उहाँले भन्नुभयाे, ‘२०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्वियाको बोगोटामा आयोजना हुने बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्व मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति प्रदान गर्ने,’
यसको साथै, उनले २०८१ भदौ ११ गते देखि १३ गतेसम्म उज्बेकिस्तानका आयोजना हुने बहु–आयामी गरिबी साथी नेटवर्क सम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने र नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव पाँच विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि भएको बताउनुभयाे ।
यस्तै, राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा.खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने, काठमाडौं–तराई/मधेश द्रुर्तमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिव ३३९७५ वर्ग मिटर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, २०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वन प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन बन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने र ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।
साथै, सामाजिक संजालको रूपमा प्रयोग भैरहेको टिकटको प्रयोगमा लगााइएको रोक तोकिएका शर्तहरू पालना गर्ने गरी हटाउने र विज्ञान बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी बा.व. २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।