१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बस दुर्घटनामा घाइतेको अवस्था बुझ्न भारतीय युवा तथा खेलकुद राज्यमन्त्री काठमाडौंमा

प्रकाशित मिति :  ८ भाद्र २०८१, शनिबार १२:२३


काठमाडौं । तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका भारतीय नागरिकलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउनुभएको छ ।

शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस आँबुखेरीनीमा दुर्घटनामा परी मर्स्याङ्दी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । घाइते भारतीय नागरिकहरूको काठमाडौंको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम पछि शव आफन्तलाई जिम्मा लगाइने छ । बिहान ८ बजेबाट पोष्टमार्टम भइरहेको छ । चार घण्टा जतिमा पोष्टमार्टमको काम सकिने अनुमान गरिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !