३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा बिआरआई यस कारण आवश्यक छ

प्रकाशित मिति :  ८ भाद्र २०८१, शनिबार १५:०७


-विकल लिम्वु –

काठमाडौँ । अहिले नेपालबाट किन युवा विद्यार्थी विदेश गरिराखेका छन् ? यसमा अधिकांश युवा विद्यार्थीको उत्तर हुन्छ नेपालमा सम्भावना नै छ्रैन । भविष्य नै छैन ।

नेपालमै सम्भावना र भविष्य भए युवा विद्यार्थी नेपालमै वस्नेथिएअधिकांश विद्यार्थी पढ्नको लागि भन्दा पनि भविष्य खोज्दै गएका छन् । उतै सेटल हुने गरि गएका छन् ।

नेपालमा प्रचुर मात्रामा विकास अर्थात कलकारखाना, लगाएत रोजगारीको सम्भावना हुने हो भने नेपालबाट विदेशिने मनिसको सङ्ख्या पुरै कम हुन्थ्यो ।

मेरो विचारमा विआरआई मात्र पनि लागू भए नेपालका युवा विद्यार्थी नेपालमै रोकिने थिए ।

त्यसैले नेपालको सुन्दर भविष्य बनाउनको लागि, सक्षम युवा देशमै रोक्नको लागि पनि नेपालमा विआरआईको धेरै भविष्य छ ।

नेपालमा चीनको विशाल परियोजना ‘बेल्ट एण्ड रोड इनिसियेटिभ’ले निम्न पाँच कुराहरुलाई फाईदा पुर्याउँछ ।

पहिलो नंवर मा छ भौगोलिक र आर्थिक लाभः

बिआरआई चीनलाई दक्षिण एशियामा व्यापार र यातायातको नयाँ मार्ग प्रदान गर्ने उद्देश्यले अघि बढाइएकाले बीआरआई परियोजनाले नेपाललाई भौगोलिक र आर्थिक क्षेधमा धेरै लाभ गर्छ । नेपाले बिआरआई कार्यानयन गर्दा नेपालको चीन सँग सिमाना जोडिएका विकट क्षेत्रहहरुले पनि विकासको अनुभूति गर्न पउँछन्

दोस्रो नंवरमा छ पूर्वाधारको विकासः

पूर्वाधार विना विकास हुदैन । विकास विना विआरआईको कुनै अस्तित्व रहदैन । त्यसै पनि जहाँ विआरआई त्यहाँ विकास हुन्छ । बीआरआई अन्तर्गत नेपालमा सडक, रेल र ऊर्जा परियोजनाहरूको विकास सम्भावना छ। यी पूर्वाधार विकास परियोजनाले नेपालको आर्थिक र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ। विशेषगरी, ट्रान्सपोर्ट नेटवर्कको सुधारले व्यापार र यातायातलाई सुगम बनाउन सक्छ।

तेस्रो नम्वरमा छ वित्तीय  अबसरहरु :

बिआरआई परियोजनामा   कार्यानयन हुँदा नेपालमा धेरै मात्रामा विदेशी पुजी भित्रने र उक्त पुजिले नेपलका वितिय क्षेत्रहरुकाे क्रमस सुधार हुदै लग्ने निश्चीत देखिन्छ । 

बिआरआइकाे रकमकाे सही सदुपयाेग हुँदा नेपालमा बिआरआइले धेरै क्षेत्रकाे चमत्कार गर्ने हुँदा  यसले वितिय क्षेत्रमा पनि चमत्कार गर्छ ।

चौथो नंवरमा छ राजनीतिक र रणनीतिक विवादहरूः

नेपालका छिमेकी राष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय ताकतहरूको दृष्टिकोणमा विभिन्न मतभेद हुन सक्छ । भारतजस्ता देशहरू, जसले विआरआईलाई रणनीतिक चुनौतीको रूपमा हेरिरहेका छन्,  भारतले बिआरआइ राम्राे मान्दैन । साेही कारण यस परियोजनाको विस्तारलाई नकारात्मक दृष्टिले पनि हेर्न सक्छन्। यसले क्षेत्रीय राजनीति र द्विपक्षीय सम्बन्धहरूमा प्रभाव पार्न सक्छ। तर नेपालकाे हकमा भने बिआरआइ कार्यानयन हुँदा विकास धेरै हुने र युवा विद्याथीले पनि देशमै वस्ने रुचाउने हुन सक्छ । 

पाचौ नंवर अर्थात अन्तिम नंवरमा छ  सामाजिक विकास : 

विआरआइले सामाजिक विकासमा पनि ठुलाे भूमिका खेल्दछ । समाजलाइ अतिआवाश्यक कुराहरु पनि बिआरआइमा पर्ने हुँदा समाजकाे नजरमा पनि बिआरआइ अतिनै आवाश्य रहन्छ ।  विकास धेरै हुने हुदाँ समाजमा अतिकत केही समयकाे लागि वातावरणमा नकारात्मक असर पर्ने  तर दिर्घकालिन बिआरआइबाट निकै फाइदा लिन सकिन्छ ।

त्यसै पनि नेपालमा विकास मात्र गर्न नभएर नेपालमा युवा विद्यार्थीको पलायन रोक्नको लागि पनि बिआरआईको नेपालमा धेरै महत्व देख्छु । अर्को कुरा नेपाल जस्तो भुपरिवेष्ठित राष्ट्रिको लगि बिआरआई नेपालमा कार्यान्वयन हु्ँदा नेपालसँग एक दुई देशको मात्र नभएर धेरै देश सँग कनेक्सन हुने हुदाँ पनि नेपालमा बिआरआई बरदान सवित हुन्छ ।


1.1k
Shares

प्रतिक्रिया दिनुहोस !