१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न लागेको विरुद्ध बालुवाटारमा प्रदर्शन

प्रकाशित मिति :  ८ भाद्र २०८१, शनिबार १७:५०


काठमाडौं । भ्रष्टाचार विरुद्धको कारबाहीमा समयको हदम्याद राख्नु नहुने भन्दै युवाहरूले शनिबार बालुवाटारमा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका छन् ।

नागरिक अभियान केन्द्रीय जनपरिचालनको आयोजनामा सो प्रदर्शन भएको हो । भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखेर ऐन संशोधन गर्न लागिएको भन्दै त्यसको विरुद्ध प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

आन्दोलनका संयोजक मिलन कान्छा किराँतीले देशमा वैधानिक रूपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनी दिन घेराउ गरिएको बताउनुभयो । देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !