२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री

प्रकाशित मिति :  १० भाद्र २०८१, सोमबार १७:१३


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएकाे छ ।

सोमबार सैनिक मञ्चमा आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयाे ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्मिबाट सुरु भएको पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !