साफ यु-२० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग खेल्ने
प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १८:२०

काठमाडौं । बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेकाे छ ।
ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेकाे हाे ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएकाे थियाे । त्यसपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे हाे ।
बंगलादेशले अब उपाधिका लागि नेपालसँग खेल्नेछ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनमा पुगेकाे थियाे ।
उपाधि भिडन्त बुधबार काठमाडाैं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
0
Shares