८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

प्रकाशित मिति :  ११ भाद्र २०८१, मंगलवार १३:५२


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

उहाँले भन्नुभयाे, ‘श्रमिकसम्बन्धि,स्वास्थ्य सम्बन्धि, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ । उनि आजै स्वदेश फर्किने कार्यतालिका छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !