कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै
प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ०८:१२

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
0
Shares