२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेलायतमा बद्री केसीविरुद्ध प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग

प्रकाशित मिति :  28 August, 2024 10:59 am


काठमाडौं । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन् ।

यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ । अल्डरसटमा एउटा समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक १२ जना युवाहरुले केसी र खनालविरुद्धसमेत नाराबाजी गरेका हुन् ।

बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजिनामा देऊ आदि लेखिएका प्लेकार्ड बोकेर नाराबाजी भएको थियो ।

युवाहरुको होहल्लाका कारण केसी र खनालहरुको कार्यक्रम केही बेर बिथोलिनै पुगेको थियो । बद्री केसी रसियन जासुस भएको, उनले आइएलओमा करोडौँ भ्रष्टाचार गरेको र उपनियोग प्रमुख रोशन खनालले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई गत १५ अगष्टका दिन गुल्मी समाज यूकेको निमन्त्रणमा बेलायत आएका गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगासंगै दूतावास जान खोज्दा दूतावासमा प्रवेश नदिइएको भन्दै युवाहरु आक्रोशित भएको एनआरएनएका एक अभियन्ताले बताउनुभयाे ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ११ गते खनालको पूर्वाग्रही कदमविरुद्ध गम्भीर रुपमा लिँदै आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिँदा समेत खनाल प्रमुख अतिथी भएर कार्यक्रममा पुगेपछि युवाहरु थप आक्रोशित भएर विरोधमा ओर्लिएको उनले बताए । विशेषगरी प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पैसा भ्रष्टाचार गर्ने केसीलाई कारबाहीको माग गरेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !