११ फाल्गुन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न

प्रकाशित मिति :  १२ भाद्र २०८१, बुधबार १३:०६


काठमाडौँ । नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त गरिएको छ ।

बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।

फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली लगायत उपस्थित थिए ।

चलचित्रको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरु नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईहरुको सहयोगको खाँचो छ ।’

यही भदौको अन्तिमबाट छायांकन सुरु गर्न लागिएको यो चलचित्रका मुख्य कलाकारहरू अहिले धमाधम वर्कशपमा लागिपरेका छन् । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका हुन् ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !