१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टीआरसी विधेयक सभामुखबाट प्रमाणीत

प्रकाशित मिति :  १२ भाद्र २०८१, बुधबार १४:५२


काठमाडाैं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणीत गर्नुभएकाे छ ।

सभामुख घिमिरेले साे विधेयक आज प्रमाणीत गर्नुभएकाे हाे । गत साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट साे विधेयक पारित भएको थियाे । राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त साे विधेयक भदाै ११ काे बैठकमा टेबुल भएकाे थियाे ।

सभामुखबाट प्रमाणीत भएको विधेक अब राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेरपछि साे विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !