८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पक्ष र प्रतिपक्षको जुवारी खेल्ने भन्दा राष्ट्रलाई समृद्धि बनाउने कुरामा लागौँ : रणेन्द्र बरेली

प्रकाशित मिति :  १२ भाद्र २०८१, बुधबार १५:४६


काठमाडौं । प्रतिनिधि सभा सदस्य रणेन्द्र बरेलीले विकासका सवालमा सबै राजनीतिक दल एक हुनु पर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बरेलीले प्रतिपक्षसँग सत्तामा गएको भोलिपल्टबाटै सरकारले सुझाव माग्नु पर्ने बताउनुभयो । तर प्रतिपक्षी दलको नेताले बोलेको विषयलाई लिएर आलोचना गर्नु संसदीय मान्यता विपरीत भएको बरेलीको तर्क छ ।

संसदमा जनताको आवश्यकताका कुरा उठाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एउटा सरकारले सुरु गरेको कुरा अर्कोले भत्काउने कार्यले राष्ट्रले समृद्धि प्राप्त नगर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पक्ष र प्रतिपक्षको जुवारी खेल्ने भन्दा पनि राष्ट्रलाई समृद्धि बनाउने कुरामा लागौँ’, बरेलीले भन्नुभयो ।

उहाँले सरकारलाई विद्युत् प्राधिकरणको उठाउन बाँकी सबै रकम उठाउने निर्णय गरेर उठाउने काम सुरु गर्न चुनौती दिनुभयो । कुरा गर्ने होइन काम गरेर देखाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘सबै खालका विकृति गर्न मिल्ने, तर राम्रो काम गर्न नमिल्ने कसरी हुन्छ ?’ उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !