प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि
प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार ०८:५६

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।
0
Shares