८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

याेगेश भट्टराईलाई माओवादीकाे धम्की

प्रकाशित मिति :  १५ भाद्र २०८१, शनिबार ०९:०६


काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनकारबाही गर्ने धम्की दिएको छ ।

माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसा भनेको भन्दै माओवादीले उहाँ माथि जनकारबाहीको धम्की दिइएको हो । सो पार्टी सचिव गौरवले शुक्रबार विज्ञप्ति जारी गरी भट्टराईले सो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख गर्नुभएको छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने सम्मको धम्की माओवादीले दिएको छ । ‘भट्टराईले सार्वजनिक रूपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ, उनको निर्वाचन क्षेत्र गृह जिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौँ’, विज्ञप्तिमा लेखिएको छ ।

माओवादी द्वन्द्वको अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पनि सो पार्टीले धम्की दिएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !