८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई ओलीको प्रश्न : मैले १७ हजार मानिस मारेको हो र खुट्टा कमाउने ?

प्रकाशित मिति :  १५ भाद्र २०८१, शनिबार १९:११


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएकाे छ ।

क्याप्टेन रामेश्वर थापाकाे पुस्तक ‘इन टु द फायर’ विमाेचन समाराेहलाई शनिबार काठमाडाैंमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पनि बंगलादेश र श्रीलंका जस्तै बन्छ भनेर प्रचण्डले दिएकाे अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभयाे ।

आफूले १७ हजार मानिस नमारेको भन्दै उहाँले प्रचण्डले बंगलादेशबाट सिक भन्दैमा खुट्टा नकमाउने बताउनुभयाे । हेलिकाेप्टरबाट खसेर त आफू बाँच्न सफल भएकाे भन्दै प्रधानमन्त्री ओलीले आफू नडराउने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दै हुनुहुन्थ्याे, मैले १७ हजार मान्छे मार्‍या छु र खुट्टा कमाउने ? मैले लुटपाट गर्‍या छ र खुट्टा कमाउने ?’

चर्को स्वरमा बोल्ने प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘राम्ररी सिक म भन्न चाहान्छु ।’ बेथिती नफैल्याउन उहाँले प्रचण्डलाई चेतावनी दिनुभयाे । नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल कुनै देशकाे फाेटाेकपी मेसिन नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘बंगलादेशमा जे भयो नेपालमा त्यही हुँदैन, नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, नेपालको आफ्नै संस्कृति र पहिचान छ, संविधान छ, प्रणाली छ ।’

आफूहरुले लडेर प्रजातन्त्र ल्याएकाे भन्दै प्रधानमन्त्री ओलीले यसमाथि धावा नबाेल्न चेतावनी दिनुभयाे । हिजाे प्रणालीका विरुद्ध लड्नेहरुले आज अफवाह फैल्याउन खाेजेका उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयाे – ‘डेमाेक्रेसी विरुद्ध जाे लड्याे उसैका कुरा ठूला ?’

माओवादी जनयुद्ध हिंसा हाे भनेर आफूले विराेध गरेकाे स्मरण गर्दै उहाँले वार्ताबाट समाधान खाेज्न माओवादीलाई आग्रह गरेकाे सुनाउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘जनयुद्धकाे नाममा हिंसा फैलाइरहेका बेला मान्छे मारिरहेका बेला मैले चर्काे विराेध गरेँ, याे बेठिक हाे भनेर मैले लगातार भनिरहेकाे थियाे ।’ नेपालमा त्यस प्रकारकाे हिंसा अब सम्भव नभएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

घृणाकाे राजनीति नगर्न र अजाकता नफैल्याउन पनि उहाँले आग्रह गर्नुभयाे ।अहिलेकाे सरकारले अन्यायपूर्ण ढंगले कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आफूहरुले सभ्य र विकसित समाज निर्माण गर्न चाहेकाे बताउनुभयाे । असभ्य गतिविधि नगर्न र अरुकाे हितकाे पनि ख्याल गर्न उहाँले सबैलाई सुझाव दिनुभयाे ।

राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

जानीजानी कुनै गल्ती नगरेकाले आफू ढुक्क रहेकाे उहाँले बताउनुभयाे । देशकाे अर्थतन्त्र दबाबमा रहेकाे भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई माथि उकासिने बताउनुभयाे ।

एमाले र कांग्रेसको सरकार बन्नुअघि क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे सहमति भएको पनि उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘यसपटक पनि शेरबहादुर जी र मलाई…देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर ७ बुँदे निष्कर्षमा त्यही सही गर्‍या हो, उहाँ क्याप्टेन रामेश्वरकै निवासमा, ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो


0
Shares

प्रतिक्रिया दिनुहोस !