८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इजरायलमा आम हडताल, उडान ठप्प

प्रकाशित मिति :  १७ भाद्र २०८१, सोमबार १३:४२


काठमाडौं ।  इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो ।
आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।
हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।
ब्यानर र बन्धकहरूको तस्बिर बोकेर नारा लगाउँदै आन्दोलनकारीहरुले पश्चिम जेरुसेलममा इजरायली संसद भवन अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले इजरायली सरकारलाई कारबाही गर्न र हमाससँग सम्झौता गर्न माग गरे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !