८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा एमालेका ४ मन्त्रीद्वारा शपथ

प्रकाशित मिति :  १७ भाद्र २०८१, सोमबार १५:३२


काठमाडाैं । नेकपा एमाले गण्डकी प्रदेश सरकारमा सरकारमा सहभागी भएको छ ।

केन्द्रको गठबन्धन अनुसार पद्‍मा जिसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएकाे हाे ।

एमालेबाट नवलपुरकी जिसीसँगै बाग्लुङका कृष्ण पाठक स्वास्थ्य र मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री तथा कास्कीका प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्नुभएकाे छ ।

नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो नै शपथ लिइससक्नु भएकाे छ । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले एक समारोहबीच शपथ ग्रहण गराउनुभएकाे हाे । याेसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएकाे छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ  (दीपक मनाङे) लाई कांग्रेसकै काेटाबाट मन्त्रीमै कायम राख्नुभएकाे छ । यसअघिका भौतिक पूर्वाधार मन्त्री मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयकाे जिम्मा दिइएको छ । फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री हुनुहुन्छ ।

तीबाहेक कांग्रेसबाट टकराज गुरुङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।

एमालेका मन्त्रीले शपथ लिएसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !