नेपाल निर्माण उद्योग परिषदको उपमहासचिवमा पुस्कल न्यौपाने
काठमाडौं । नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको घटक संस्था नेपाल निर्माण उद्योग परिषद्को तेस्रो अधिवेशन तथा पचौँ साधारण सभा सम्पन्न भएको छ ।
धोविघाटको सिद्धार्थ कटेजमा भएको अधिवेशनबाट पुस्कल न्यौपाने र बलराम श्रेष्ठ उपमहासचिवमा निर्वाचचित हुनुभएको हो ।
त्यसै गरि अध्यक्षमा बलभद्र राना सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक निर्वाचित हुनुभएको छ ।
कोशी प्रदेशबाट उपाध्यक्षमा कमलप्रसाद गौतम, मधेसबाट रामसुरत देव, वाग्मतीबाट नारायणप्रसाद बडाल, उपत्यकाबाट कृष्णप्रसाद गौतम, गण्डकीबाट नारायण जीसी, लुम्बिनीबाट प्रकाश शाह, कर्णालीबाट लक्ष्मणप्रसाद पोखरेल र सुदूरपश्चिमबाट कृष्णबहादुर साउद निर्वाचित हुनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनुभएको छ ।
सङ्गठनको महासचिवमा रामशरण देउजा निर्वाचित हुनुभएको छ । यसै गरी सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उज्वल गौतम चुनिनु भएको छ ।
नवनिर्वाचित कमिटी ८५ सदस्सीय छ । सिङ्गो कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।