८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सरकारका प्रवक्ताको राजीनामा माग

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार १३:२८


काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न  माग गर्नुभएको छ ।

भण्डारीले एक विज्ञप्ति जारी गरी उहाँको राजीनामा माग गर्नुभएको हो । उहाँले विज्ञप्ति जारी गर्दै देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीले सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकाले प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्नुभएको हो ।

यसले शान्ति सुरक्षामा नै असर पर्न सक्ने समेत भण्डारीले चेतावनी दिनुभएको छ । ‘शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवार स्वयम् सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु’, विज्ञप्तिमा लेखिएको छ ।

गुरुङले शनिबार प्रेस चौतारी नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संविधान विपरीत अभिव्यक्ति दिने आइजिपीको जिब्रो थुत्नुपर्ने बताउनुभएको थियो । उहाँको सो अभिव्यक्तिको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि विज्ञप्ति जारी गरी विरोध जनाएको छ । संगठनले सो अभिव्यक्ति फिर्ता लिएर मन्त्री गुरुङले क्षमा याचना गर्नुपर्ने माग गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङको सो अभिव्यक्ति प्रति गल्ती महसुर गर्दै अब छोटो बोल्ने र बोल्दा सोचेर बोल्ने प्रतिक्रिया जनाइसक्नु भएको छ । सो विषयमा प्रधानमन्त्रीले समे उहाँलाई सचेत गराइसक्नु भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !