९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रीकाे जिब्रोमा ब्रेक लगाइयाेस् : रामहरि खतिवडा

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार १४:५४


काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङकाे अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् खतिवडालेआईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने सञ्चारमन्त्रीकाे अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयाे ।

उहाँले सञ्चारमन्त्रीकाे जिब्राेमा ब्रेक लगाउन र यसबारे सदनमा जवाफ दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । ‘केही दिन अघि सञ्चार मन्त्रीज्यूले आईजीपीकाे जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, याे अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरुला अनुराेघ छ जिब्रोमा ब्रेक लगाइयाेस्, मन्त्रीहरुले जिब्राेमा ब्रेक लगाएर बाेल्नुहाेस्, सदनमा यसकेा जवाफ दिइयोस्‚’- सांसद् खतिवडाले भन्नुभयाे ।

सांसद् खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद् दीपक मनाङेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयाे । उहाँले यसबारे सरकारकाे जवाफ माग गर्नुभयाे । ‘गण्डकी प्रदेशमा मन्त्रीकाे पद  पैसामा बिक्री गर्न सुरुवात गरेको हो कि हाेइन ? यस्ता अभिव्यक्ति किन आउँछन् ? यसबारे सरकारले जानकारी देओस्’- सांसद् खतिवडाले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !