८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्छ : अमनलाल माेदी

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार १६:०६


काठमाडाैं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्ने बताउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् माेदीले लाेकतन्त्र, समावेशिता, लाेकतन्त्र र गणतन्त्रका लागि लडेकाले प्रचण्डलाई नाेबेल पुरस्कार दिनुपर्ने बताउनुभयाे । ‘माओवादी जनयुद्ध लडेकाे पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा, समावेशिता, लाेकतन्त्र र गणतन्त्रका लागि लड्नुभयो, त्यसकारण उहाँलाई रामजस्तै जनक भनिनुपर्छ, शान्तिकाे लागि अथक प्रयास गर्नुभएकाले नाेबेल पुरस्कारकाे प्रस्ताव गर्नुपर्छ, नोबेल पुरस्कार पनि दिनुपर्छ’- सांसद् माेदीले भन्नुभयाे ।

माओवादी जनयुद्धलाई हिंसा भनिएकाेमा आपत्ति जनाउँदै उहाँले झापा बिद्राेह, विमान अपहरण लगायत घटना हिंसा र लुटपाट हुन कि हाेइनन् भन्ने प्रश्न गर्नुभयाे । नेपालमा भएका सबै आन्दाेलन हिंसा थिए कि भन्ने प्रश्न पनि माेदीले गर्नुभयाे । जनयुद्धलाई हिंसा भनिएकाे विषयमा माओवादीले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयाे ।

राष्ट्रघाती महाकाली सन्धीका कारण लाेडसेडिङ समयमै अन्त्य हुन नसकेकाे सांसद् माेदीले बताउनुभयाे । उहाँले २०४८ देखि हालसम्मका फाइल खाेल्न सरकारलाई चुनाैती दिनुभयाे । भ्रष्टाचारका फाइल खाेलेकै कारण प्रचण्ड नेतृत्वकाे सरकार ढालिएकाे सांसद् माेदीले दाबी गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !