८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाक्लियो अमेरिकाको नेपालमा भ्रमण, प्रोफेसर र निर्देशक नेपालमा

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार १६:३८


काठमाडौं । अमेरिकाको भर्जिनिया युनिभर्सिटीको मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन प्रोगामकी एसोसिएट प्रोफेसर र निर्देशक डा. क्रिस्टिना बार्सकि नेपाल आउनु भएको छ ।

अमेरिकी स्पीकर प्रोग्राम अन्तर्गत नेपाल आउनुभएका उहाँहरूले नेपालका विभिन्न नेतृत्वकर्ताहरू सँग भेट घाट गर्ने कार्यक्रम रहेको अमेरिकी दुतावासले बताएको छ ।

उहाँहरूको काठमाडौं र जनकपुरका विद्यार्थीहरू, युवा नेतृत्वकर्ताहरू, प्रादेशिक र स्थानीय सरकारका प्रतिनिधिहरूयुएस एम्मेसी युथ काउन्सिल नेपाल का सदस्यहरू सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसै क्रममा उहाँहरूले अमेरिकी निर्वाचन प्रणालीको बारेमा छलफल, अमेरिकी र नेपाली निर्वाचन प्रणालीको बारेमा दृष्टिकोण आदान – प्रदान र लोकतन्त्रमा निर्वाचनको महत्वमा जोड दिनुहुनेछ भनेर अमेरिकी दुतावासले बताएको छ ।

अहिले अमेरिकाको कुनै पनि प्रतिनिधि नेपाल आउनु भनेको शङ्काको दृष्टिकोणले कतिपयले हेर्ने समेत गरेका छन् ।

नेपालको छिमेकी देश चीन सँग अमेरिकाको सम्वन्ध  दरार उत्पन्न भएयता अहिले अमेरिकाले आफ्नो सक्रियता नेपालमा बढाएको छ । विभिन्न क्षेत्रमा सहयोगको वहानामा विशेष गरि तिब्बत छेउको नेपालको जिल्लामा अमेरिकाले आफ्नो पहुँच पुर्याउने कार्य गर्दै आएको छ ।

आफ्नो पकट नेपाली सेना सम्म पुर्याएको लागि समेत अमेरिकाले सहयोगको बहानामा विभिन्न सैन्य तालिम र सैन्य उपकरण नेपाली सेनालाई दिने गरेको छ ।

केही दिन अघि मात्र पनि नेपाली सेनालाई अमेरिकी उपविदेश मन्त्रीको नेपाल भ्रमणको अवसर पारेर हेलिकोप्टर उपहार अमेरिकाले दिएको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !