८ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफै सरकार हो भन्ने बिर्सेका बालेन

प्रकाशित मिति :  १९ भाद्र २०८१, बुधबार १२:५४


-विकास अधिकारी-

काठमाडौं । धेरै चोटी बाघले भैसी मार्यो । तर केही दिन अघि भैसीले बाघ मारेको थियो । त्यो पनि हाम्रै नेपालमा ।

तर  भैसीले बाघ मार्नुको कारण चाहिँ बाघ कमजोर भएरै हो ।  त्यसै गरि अहिले नेपालमा एउटा बाघ छ । त्यो बाघ हो बालेन्द्र शाह अर्थात बालेन । उहाँ सांस्कृतिक सहर नेपालको सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरका प्रमुख हुनुहुन्छ ।  उहाँलाई बाघ काठमाडौं वासिलेनै बनाएका हुन् ।  तर उहाँको टिमको कार्य गराई शैली हेर्दा उहाँको त्यो बाघ पन अब धेरै बेर टिक्ने बाला जस्तो देखिदैन ।  कारण मनपरि लेख्ने ।

हो बालेन्द्र शाह अर्थात बालेन शाह कम बोल्छन् धेरै लेख्छन् । उहाँको लेखाइ  सामाजिक सञ्जालमा हुन्छ । उहाँ मनमा जे आयो त्यो लेख्नुहुन्छ । योसो सोच्दा जो कोहीलाई पनि लाग्न सक्छ उहाँ लेखी सकेपछि मैले के लेखे भनेर एक पटक पनि हेर्नुहुन्न ।

नेपाली राजनीतिको दिक्दारीले  गर्दा नेपालमा बालेन र रवि जन्मेका हुन् ।  पुराना राजनीतिक दलहरूको हैरानीका कारण उहाँहरूको जन्म भएको हो ।

तर म  धेरै बाठो छु । म जे बोल्छु सही बोल्छु  । मेरो पक्षमा जनता छँदै छन् भन्ने ठानेर बोल्दा रवि लामिछानेको क्रेज निरन्तर घटिरहेको पनि हाम्रै आखा अगाडि हामिले देखिरहेका छौ ।

रविले  प्रतिनिधि सभाको एउटै कार्यकालमा दुई दुई पटक चुनाब जित्नुभयो । पहिलाको भन्दा धेरै मत ल्याएर पनि उहाँले चुनाव  जित्नुभयो । तर उहाँको बोलीकै कारण उहाँले अनिले निरन्तर आलोचन  खेप्नुपरेकाे छ  । उहाँकै कारण उहाँको ख्यातिमा चोट लागेको छ ।  चोट पनि सामान्य नभएर ठूलै लागेको छ ।

यहा रविको उदाहरण किन दिइएको हो भने । रवि पनि बालेन जत्तिकै वा बालेन भन्दा धेरै लोकप्रिय व्यक्ति थिए । रविकै कारण रविको राष्ट्रिय स्वत्रन्त्र पाटीले २१ सिट समेत जितेको थियो । त्यो सामान्य होइन ।

तर आफ्नो मुखको ख्याल नगर्नाले अहिले रविले पछुताउनु परेकाे छ ।

बालेन्द्र शाह पनि अहिले धेरै पपुलर हुनुहन्छ । एउटा नेपाली व्यक्ति कुनै पनि राजनैतिक दलको टिकट विना काठमाडौं महानगर पालिकाको मेयर पदामा निर्वाचित हुनु भनेको हामी सबै नेपालीको लागि खुसीको कुरा हो ।  राजनीतिक दलदेखि वाक्क भएका मानिसको लागि भने उहाँ मल्हम नै हुनुहुन्थ्यो ।

विभिन्न राजनीतिक दललले गर्न नसकेको काम उहाँले गर्न थाल्नु भएको पनि हो । तर अहिले जसरी उहाँले देशको प्रधानमन्त्रीको अथवा नेपालको अभिभावकको विरोध गर्नु भएको छ । त्यो विरोध गर्नु भनेको पक्कै पनि राम्रो चाँही होइन ।

नेपाली राजनीति देखि वाक्क भएको नेपाली समाजलाई उत्तेजित कुरा राम्रो नलाग्ने कुरै भएन । उहाँले केही महिन पहिले  देशको संवेदनशिल ठाँउ आगो लगाउछु भन्नु भयो । पटक पटक सरकारको विरोध गरिरहनु भयो । फलाने एस्तो । फलानो उस्तो भनेर भनिरहनु भयो ।

तर उहाँले सरकारको विरोध गर्दा उहाँ आफै  पनि सरकार हो भन्न विर्सनु भयो ।  आफू सही गर्ने र अर्काले गलत मात्र गर्छ भन्ने मनसायका कुरा मात्र गर्नु भयो ।  अहिले देशमा तीन तहको सरकार छ । बोलन पनि तीन तहमध्य एक तहको सरकार हुनुहुन्छ ।

बालेनले पनि बोलेका धेरै वटा काम पुरा गर्नु भएको छैन । महानगरमा बेरुजु धेरै छ । अफूले बोलेको कुरामा अब्बल भएर काम गर्नु पर्ने बेला बालेननले अहिले समाजमा दुर्घटना निम्त्याउन खोजेको जस्तो पनि लाग्नु सोभाविक नै हो ।

हामी जति हाम्रो अभिभावकको सम्मान गछौं त्यति नै हाम्रो इज्जत बढ्छ । अभिभावकको ईज्जतमा हाम्रो पनि इज्ज्त लुकेको हुन्छ ।  हामी हाम्रो अभिभावकको जति धेरै खोइरो खन्छौं, त्यो मज्जा खोइरो खनुन् जेल मात्र हो । अन्तत त्याे दुरदसामा परिणात अबस्य हुन्छ ।

अहिले केपी शर्मा ओली नेपालको अभिभावक हुनुहुन्छ । उहाँ नेपालको प्रधानमन्त्री हुन्नुहुन्छ । हामीले हाम्रो प्रधानमन्त्रीको जति सम्मान गछौँ त्यतिनै हामिले पनि बाहिरी देशमा सम्मान पाउने हो । कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र होइन । बालेन शाह पनि नेपालको एक तहको सरकार हो । उहाँको पनि इज्जत गर्नु पर्छ  । हामी नेपालीले उहाँको इज्जनमा पनि हाम्रो इज्जत लुकेको हुन्छ भनेर बुझ्नु पर्छ ।  तर त्यसको लागि  बालेन साह पनि सही ठाँउमा बस्नु पर्छ ।

हिजोको दिनमा एक नेपालीले स्वत्रन्त्रबाट काठमाडौंको मेयर जितिरहदा यनीनै केपी ओलीहरुले भेटेर सभाकामना दिनुभएको थियो । अर्थात एमाले , माओवादी, काङ्ग्रेसलगायत धेरै दलहरू आफू उम्मेदवार हार्दा पनि खुसिहुनुहुन्थ्यो । कारण उहाँहरु पनि युवामाथि अर्थात वालेन माथि आशावादी हुनुहुन्थ्यो ।

अहिले नेपालमा सुध्रिएको नेतृत्व आवश्यक परेको छ । जसरी बालेन माथि आम नेपालीले विश्वास गरेका थिए । त्यो विश्वास अहिले बालेनमाथि चाहिएको छ । हामीलाई अरुको कुरा काट्ने बालेन भन्दा काठमाडौँ र भोलिको दिनमा सिङ्गो देश बनाउने बालेन चाहिएको छ ।

बालेनको इम्प्याक्ट

बालेनकै इम्प्याक्टको कारण अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेस बुक फलोअर्समा निरन्तर गिरावट आइरहेको छ । यो भनेको प्रधानमन्त्रीको साखमा गिरावट आउनु हो ।

यसरी प्रधानमन्त्री अथवा सिंगो देशको अभिभावकको साखमा गिरावट आउनु भनेको हामी नेपालीको साखमा गिरावट आउनु हो ।

यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र कुरा होइन कुरा मेयर बालेनको पनि छ । मेयर बालेनलाई पनि असफल बनाउन लागेका धेरै छन् । उहाँलाई पनि असफल बनाउन लाग्नु भन्दा सफल बनाउन लाग्नुनै बेस हुने देखि

यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र कुरा होइन कुरा मेयर बालेनको पनि छ । मेयर बालेनलाई पनि असफल बनाउन लागेका धेरै छन् । उहाँलाई पनि असफल बनाउन लाग्नु भन्दा सफल बनाउन लाग्नुनै बेस हुने देखिन्छ । किनभने  बालेनको इज्जतमा पनि काठमाडौं वासीको इज्जत छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !