त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत
प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १८:२७

काठमाडाैं । त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा संकटा क्लबलाई ४-० को गाेल अन्तरले हराउँदै आर्मीले विजयी सुरुआत गरेकाे हाे ।
आर्मीको जितमा विमला चौधरीले २ तथा सावित्री देवी मगर र अनिता रम्जेलले समान १-१ गोल गरे ।
योसँगै महिला लिगको पहिलो चरण सकिएको छ । लिगमा भोलि बिहीबार वाग्मती प्रदेश र कोशी प्रदेश तथा वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्नेछन् ।
0
Shares