२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पलेशालाई राष्ट्रपति पौडेलकाे सम्मान

प्रकाशित मिति :  १९ भाद्र २०८१, बुधबार १९:४२


काठमाडाैं । पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्नुभएकाे छ ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिइएको थियो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो भएको र अर्को पटक स्वर्ण पदक अपेक्षा गरेको बताउनुभयाे ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीको सहभागिता थियो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

आज मात्रै स्वदेश फर्किएकी पलेशालाई विमानस्थलमा भव्य स्वागत गरिएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !