३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्नो निवास खुलमटारमा बोलाएर प्रचण्ड दुवारा पलेशालाई सम्मान

प्रकाशित मिति :  २१ भाद्र २०८१, शुक्रबार १५:१८


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई शुक्रबार सम्मान गर्नु भएको छ ।

आफ्नो निवास खुलमटारमा बोलाएर प्रचण्डले पलेशालाई सम्मान गर्नुभएको हो । प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोवर्धनलाई पनि सम्मान गर्नु भएको छ ।

प्रचण्डले पलेशाका कारण संसारभर रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेका बताउनुभयो । ओलम्पिकको इतिहासमा पहिलो पटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’, उहाँले भन्नुभयो ।

दाहालले ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्ने बताउनुभयो । त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जीत हो भएको उहाँले दाबी गर्नुभयो ।

दाहालले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने बताउनुभयो । ‘खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ, अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबैले गर्व गरेका छन्’, उहाँले भन्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !